यहाँ थिच्नुहोस

Monday, 22 August 2016

फिलिपिनो नागरिक जोयालाई न्यायको लागि प्रवासी नेपाली मंच इजरायलको ध्यानाकर्षण- राजदुतावासमा पत्र

इजरायल ५ भदौ | चितवन रत्नगर निवासी जीवन थापाले फिलिपिनो नागरिक जोयालिन ग्रेस तेलेरोमा माइजोरेस (जोया) संग प्रेम विवाह गरी २ वटा बच्चा जन्माए पश्चात मेरो श्रीमती र छोराहरु होइनन् भनेर अनेक यातना दिए पछि चितवनमा रहेको एउटा संस्था आदर्श गृहको पहलमा फिलिपिन्स राजदुताबासले नेपाल सरकारलाई ७ लाख जरिवाना बुझाएर मिती १५ /८ /२०१६ मा जोयालाई फिलिपिन्स फर्काएको समाचार सामाजिक संजालमा आए पछि इजरायलमा रहेको प्रबासी नेपाली मंच इजरायलको गम्भीर ध्यानाकर्षण भएको खबर प्राप्त भएकोछ | प्रवासी नेपाली मन्च इजरायलका अध्यक्ष तिर्थ गौतम, सचीब लक्ष्मी अनुरागी, महीला बिभाग प्रमुख सुमित्रा आचार्य (भण्डारी) सहीतको टोलीले नेपाली आज राजदुताबास इजरायलका कार्यवाहक महामहिम राजदुत मार्फत नेपाल सरकारलाई पिडित पक्षलाई न्याय दिलाईयोस भन्ने हेतुले एक ध्यानाकर्षण भएको पत्र बुझाएको छ | ध्यानाकर्षण पत्र यस्तो रहेको छ | श्री महामहिम राजदुत ज्यू नेपाली राजदुताबास तेल-अभिभ इजरायल मार्फत, नेपाल सरकार बिषय :- पिडित पक्षलाई न्याय दिलाईयोस भन्ने ध्यानाकर्षण बारे | महोदय, उपरोक्त सम्बन्धमा चितवन रत्नगर निबासी पीडक जीवन थापाले फिलिपिनो नागरिक जोयालिन ग्रेस तेलेरोमा माइजोरेस ( जोया ) संग प्रेम विवाह गरी २ वटा बच्चा जन्माए पश्चात मेरो श्रीमती र छोराहरु होइनन् भनेर अनेक यातना दिए पछि चितवनकै एउटा संस्था आदर्श गृहको पहलमा फिलिपिन्स राजदुताबासले नेपाल सरकारलाई ७ लाख जरिवाना बुझाएर मिती १५ /८ /२०१६ मा जोयालाई फिलिपिन्स फर्काएको समाचार सामाजिक संजालमा भाइरल बनेपछि देश तथा विदेशमा रहेका जिम्मेवार नेपाली नागरिकहरु सहित प्रबासी नेपाली मंच इजरायलको गम्भीर ध्यानाकर्षण भएकोछ | १- जोया नाम गरेकी फिलिपिनो नागरिक जसले पांच वर्ष अगाडि नेपाली नागरिक जीवन थापासंग प्रेम विवाबह गरी दुई वटा बच्चा जन्माइसके पश्चात पीडक उपर आवश्यक छानबिन गरेर कारबाही नगरी उल्टो पिडितलाई न्याय दिलाउनको बदला किन उनकै देश फर्काइयो ? २- यस्तो खालको गम्भीर मुद्दामा कानुनी मूल्य र मान्यता संगै धार्मिक,सामाजिक मूल्य र मान्यता अनि आस्थाका कुराहरु पनि छन् | यी सबै कुराहरुलाई ओझेल पारेर गरिएको यस्तो निर्णयले विश्व समुदाय र नेपाली समाजमा कस्तो नजिर स्थापना गर्न खोजिएको हो ? ३- एक विदेसी महिलालाई आफ्नो देसको नागरिकले बिबाह गरेर बिना कसुर यातना दिनु अत्यन्त लज्जास्पद कुरा हो | के यस्तो अबस्थामा बिदेसी महिलासंग विवाह गर्न पाउने कानुनी धारा वा उपधाराले सहयोग गर्न सक्दैन ? ४- आफ्नै देशको नागरिक पीडक जीवन थापा जसले बिदेसी नागरिक जोयालाई यति धेरै अत्याचार गरे बापत निज उपर कानुनी कारबाही गर्नको बदला उल्टो पिडित बाटै रकम असुल किन गरियो ? ५- यो घटना जब बाहिर आयो त्यस पश्चात मानब अधिकार कर्मीहरु र महिला आयोग बाट किन खोज तलास हुन सकेन ? ६- नेपालको संबैधानिक कानुनका धारा , उपधारा अनुसार जन्म सिद्द र बंसजको आधारमा नागरिक मानिने र नागरिकता प्रदान गरिने कानुनी मान्यता हुँदाहुँदै पनि चिकित्सा बिज्ञान बाट प्रमाण जुटाएर न्याय दिलाउनको बदला किन नेपाली बच्चाहरुलाई मावली देश पठाइयो ? के हामी नेपालीमा कानुनी आधारको आडमा मानबिय सम्बेदनशिलता हराएकै होत ? ७:- ती अबोध बालकले के जन्म सिद्द अधिकार पाउदैनन त ? महामयिम ज्यू यो बिषयमा निकै गम्भीर प्रश्न उठिरहेकोछ | त्यसैले नेपाल र नेपालीको इज्जतको लागी पिडित जोयालाई स-सम्मान फिर्ता बोलाइयोस र पीडक जीवन थापा उपर आवस्यक छानबिन गरी कानुनी कारबाहीका लागि अपिल गर्दछौं | अध्यक्ष प्रबासी नेपाली मंच इजरायल

Saturday, 13 August 2016

प्रवासी नेपाली मञ्च इजरायलको पहिलो अधिवेशन सम्पन्न तीर्थ गौतमको अध्यक्ष्यतामा कार्यसमिति चयन

इजरायल, २९ साउन । प्रवासी नेपाली मञ्च, इजरायलको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले १० पृष्ठको विधान सर्वसम्मतिले पारित गर्दै तीर्थ गौतम (सिन्धुली) को अध्यक्ष्यतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । इजरयालस्थित नेपाली राजदुतावासकी द्धितिय सचिव रोसनी खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए इजरायलका अध्यक्ष दीपक ओली , नमस्ते नेपाल हातेमालो अभियानका अधयक्ष रामशरण बाँनिया नयाँ शक्ति इजरायलका सचिव तेज श्रेष्ठ लगयात विभिन्न संघसंस्थाका प्रबुद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो । महाधिवेशनबाट चयन भएको अध्यक्ष गौतमको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष जय ओडारी, उपाध्यक्षमा क्रमश ः कृष्ण रायमाझी, राजु ढकाल, कमला राई चयन भएका छन् । त्यसैगरी महासचिवमा सोमप्रसाद चांैलागाई, सचिवमा लक्ष्मी अनुरागी चयन भएका छन् भने कोषाध्यक्षमा लक्ष्मीधर गौतम र सह–कोषाध्यक्षमा अनु तिम्लसिना रहेका छन् । महाधिवेसनले महिला विभाग प्रमुखमा सुमित्रा आचार्य भण्डारी र सांस्कृतिक विभागमा धर्म भण्डारीलाई चयन गरेको छ । नयाँ कार्यसमितिका सदस्यहरुमा बुद्धि पौडेल, अनु थापा केसी, विष्णु सापकोटा, हरि उप्रेती, दुर्गा विसी, पुष्प कार्की, पायल कटुवाल, रमेश रिजाल , नमराज भट्ट, मीना चुँडाल, इन्दिरा केसी, बिमला नेपाली, शान्ति राई, खडग कार्की, मेनुका पनेरु, दुर्गा केसी र माला योन्जन छन् । कार्यसमितिले ३ सदस्य मनोनित गर्ने छ । मञ्च इजरायलमा रहेका नेकपा (एमाले) सम्बद्व बुद्धिजीवी, साहित्यकार, कलाकार, व्यवसायी, बिद्यार्थी, पत्रकार तथा विभिन्न सामाजिक तथा धार्मिक संघसंस्था सँग आवद्व नेपालीहरुको साझा संगठन हो । ‘जनताको बहुदलीय जनबादको मार्गदर्शनमा समृद्ध नेपालको निर्माण गरौं भन्ने’ मूल नाराका साथ शुक्रवार सम्पन्न अधिवेशनबाट ३१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । संघ ‘राष्ट्रिय एकता आजको आवश्यकता, अनेकता मा एकता प्रवासी नेपालीहरुको प्रतीद्वता’ भन्ने मूल नाराका साथ १३ मेमा भेला सम्पन्न गरी गठन भएको थियो । अधिवेशनपछि लाइटनेपालसँग प्रतिक्रिया दिदैं नवनिर्वाचित अध्यक्ष गौतमले संस्थाले राजनीतिक आस्था र विचारलाई निरन्तरता दिदैं राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता तथा विश्वब्यापी मानवअधिकारको रक्षा गर्दै नेपाली समाजको पहिचान सुख दुख समस्या हकअधिकार लाई आवाजमा बुलन्धद गर्ने बताए । ‘‘जनताको बहुदलीय जनबाद लाई आदर्श मान्ने इजरायलमा कार्यरत नेपालीहरुको सक्रियतामा प्रवासी नेपाली मञ्च गठन गरीएको हो र इजरायलबासी प्रवासी नेपाली हरुलार्इ एक ठाउँमा गोलबन्द बनाउने उद्वेश्य रहेको छ,’ अध्यक्ष गौतमले भने । संस्थाले इजरायल मा रहेका नेपालीहरुको भलाईका लागी आवाज उठाउने, श्रमिकहरुको हकहितको रक्षागर्दै उनिहरुमाथी हुने अन्याय, अत्याचार तथा थिचोमिचोका विरुद्ध आवाज वुलन्द गर्ने र नेपालीहरुमाथि आईपर्ने विभिन्न खालका समस्या समाधानमा पहलकदमी लिने पनि अध्यक्ष गौतमले बताए । पहलिो अधिवेशनबाटै संस्थाले गुल्मीका भूकम्पपीडितलाई २० हजार रुपैयाँ सहयोग गर्ने र नेकपा एमाले केन्द्रीय कार्यालयको सहयोग कोषमा २५ हजार रुपैयाँ सहयोग गर्ने पनि निर्णय गरेको ।

Wednesday, 3 August 2016

प्रचन्ड प्रधानमन्त्री रहुन्जेल टिभीको समचार नहेर्ने भन्दै पत्रकार अस्विनीले लेखे मनै चुटाउने स्ट्याटस



प्रचन्ड प्रधानमन्त्री रहुन्जेल टिभीको समचार नहेर्ने भन्दै पत्रकार अस्विनीले लेखे मनै चुटाउने स्ट्याटस



१९ साउन, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा बुधबार निर्वाचित भएका छन् । प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए । यसै क्रममा नेपालको राजनीति देखि सर्वसाधारण दुखित छन् | सर्वसाधारण भन्छन जुन प्रधानमन्त्री आए पनि जनताले कहिले सुख शान्ति पाउने होइन भन्दै सामाजिक संजालमा आर्कोस पोखेको पनि देख्न सकिन्छ | यसै क्रममा आज प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा पत्रकार अस्विनी कोइरालाले  मनै चुटाउने स्ट्याटस लेखेर सामाजिक संजालमा पोस्ट गरेका छन् |
अस्विनी कोइरालाको स्तट्स जस्ताको तस्तै


”कतिपयलाई तितो लाग्नेछ तर सत्य हो । अब ९ महिनाका लागि हाम्रो घरमा टेलिभिजन करिब करिब बन्द हुनेछ । खुले पनि समाचार हेरिनेछैन । पत्रकारको घरमा समाचार नै हेर्न नपर्ने अवस्था के आइलाग्यो होला, प्रश्न गम्भीर मात्रै होइन आश्चर्यजनक पनि छ ।
मेरा साना बा प्रहरीमा जागीरे हुनुहुन्थ्यो । यही सानो आम्दानीबाट ३ सन्तान र मेरी सानिमाको जीवन चलिरहेको थियो । २०५४ सालमा रामेछापको बेथान प्रहरी चौकीको प्रमुख भएका बेला माओवादीले आक्रमण गरे । प्रहरीलाई आत्मसमर्पण गर्न लगाइयो । तर आत्मसमर्पण गरेका प्रहरीलाई लाइन लगाएर बञ्चरोले काटियो । (लुटिएको बन्दुकको गोली बचाउन त्यसो गरिएको रे ) चौकी प्रमुख भएको अपराधमा मेरा साना बालाई अधकल्चो अवस्थामा, अलिकति खाल्डो खनेर, टाउको मात्र खाल्डोमा गाडेर हत्या गरियो ।
त्यो बेला कान्छी छोरी ३ वर्षकी थिइन् । उनी जति ठूली हुँदै गइन्, आफ्नो बुवाको हत्या गर्ने व्यक्ति माओवादी र प्रचण्ड हो भन्ने बुझाई उनको मनमा गढ्दै गएको रहेछ । मैले त्यसको सुईंको पाएको थिइन । अथवा यसो भनौं, याद गरेको रहेनछु । उनको मनमा के बित्दैछ, हामी बुझ्न असमर्थ रहेछौं ।
केही समय यता उनी मसँगै बस्दैछिन् । हिजो ध्यान दिएर टेलिजिभनमा समाचार हेर्दै थिए । समाचारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निश्चित भएको समाचार आउँदै थियो । उनले फूत्त रिमोर्ट तानिन् र टेलिभिजन अफ गरिन् । मलाई झनक्क रिस उठ्यो । गाली गर्न उनीतिर फर्किएको, उनको आँखाभरी आँशु रहेछ । मैले अँगालो हाल्न बाहेक के गर्न सक्थेँ र ?
माफ गर पूजा, म प्रचण्ड प्रधानमन्त्री हुन्जेल तिम्रोअघि टेलिभिजन खोल्ने छैन । स्मार्ट फोनका कारण पनि तिमीबाट लुकेरै टेलिभिजन हेर्न अब अप्ठ्यारो छैन । तिमी प्राय मौन नै रहन्छौ । त्यसैले सबै पीडा बुझ्न असमर्थ छु । तर यति भन्छु, यो हाम्रो नियति हो । यो दु:ख तिम्रौ मात्र होइन, १७ हजार नागरिका लाखौं सन्तानको हो ।
मलाई पनि लाग्छ, के प्रचण्ड प्रधानमन्त्री बनाउन मात्र त्यत्रो मान्छे मर्न–मार्ने अवस्था आएको थियो ? त्यो युद्ध र तिमी जस्तालाई यो अवस्था बनाउनु पर्ने बाध्यता थियो ? अब मलाई पनि राम्रैसँग बुझ्न थालेको छु । म पनि तिमी जस्तै विवस छु, प्रिये । यहाँ भन्दा अघि म केही भन्न सक्तिन ।
मलाई माफ गर ।”


दाहाल दोस्रोपटक प्रधानमन्त्री निर्वाचित




दाहाल दोस्रोपटक प्रधानमन्त्री निर्वाचित
•दाहालको पक्षमा ३६३ र विपक्षमा २१० •दोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री


प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद भित्र पुष्पकमल दाहाल । अंगद ढकाल/कान्तिपुर
श्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि ९ वर्षअघि उनी पहिलोपटक प्रधानमन्त्री भएका थिए ।

प्रधानमन्त्रीका लागि बुधबार संसदमा भएको मतदानमा एकल उम्मेदवार रहेका दाहालको पक्षमा ३६३ र विपक्षमा २१० मत परेको थियो । सभामुख ओनसरी घर्तीले संसदमा हाल कायम सदस्य संख्याको बहुमत मत पाएका दाहाललाई विजयी घोषणा गरिन् ।



संसदको सबैभन्दा ठूलो दल कांग्रेस, ४२ मत रहेको मधेसी मोर्चासमेतको संघीय गठबन्धन, फोरम लोकतान्त्रिक, राप्रपालगायत साना दलको समर्थनमा दाहाल प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनको पार्टी माओवादी केन्द्र भने संसदमा तेस्रो ठूलो दल रहेको छ । निर्वाचनमा ५ सय ७३ सांसद उपस्थित थिए ।

नेपालमा दोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका छन् ।

दाहालविरुद्ध अन्य कुनै पनि दलले उम्मेदवारी दिएका थिएनन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि अन्य पदमा जस्तो निर्विरोध घोषणा हुँदैन ।

संसदको दोस्रो ठूलो दल एमाले र केही साना दलले विपक्षमा मतदान गरेका थिए । पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको तत्कालीन माओवादी र तेस्रो दल एमालेको गठबन्धनका तर्फबाट २०६५ भदौमा दाहाल पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसको नौ महिनापछि नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको विवादास्पद बर्खास्ती प्रकरणमा उनले २०६६ वैशाख २१ मा पदबाट राजीनामा दिएका थिए ।



तस्विर: अंगद

प्रधानमन्त्रीबाट नौ महिनामै बाहिरिएको नौ वर्षपछि उनी पुन: नौ महिनाका लागि प्रधानमन्त्री हुन लागेका हुन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध सदनमा अविश्वास प्रस्ताव दर्ता गर्नुअगावै कांग्रेस र माओवादीबीच सत्ता समीकरण निर्माणका लागि भएको सहमतिमा दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले नौ/नौ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।

संविधानसभाबाट रूपान्तरित भएर बनेको संसद्मा अहिले ५९५ (दुई निलम्बितसमेत) सदस्य छन् ।




प्रकाशित: श्रावण १९, २०७३


Tuesday, 2 August 2016

जग्गा धेरै नाकिनौ हदबन्दीभन्दा बढी जग्गा जफत गरिँदै

जग्गा धेरै नकिनौ  हदबन्दीभन्दा बढी जग्गा जफत गरिँदै


श्रावण १८, २०७३- सरकारले देशभर विभिन्न व्यक्ति या परिवारसँग रहेको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने प्रक्रिया सुरु गरेको छ। भूमिसुधार मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा जफत गरी सरकारका नाममा ल्याउन मातहतका कार्यालयलाई परिचालन गरी विवरण नै बटुलिसकेको छ।

‘भूमिसुधार कार्यालय र भूमिसुधारसम्बन्धी कामसमेत गर्ने अख्तियारी पाएका मालपोत कार्यालयहरूले अभियान नै चलाएर देशभर हदबन्दीभन्दा बढी रहेको जग्गाको विवरण तयार गरेका छन्,’ भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाले कान्तिपुरसित भने, ‘कानुनबमोजिम हदबन्दीभन्दा बढी जग्गा सरकारको स्वामित्वमा ल्याउन ती कार्यालयहरूलाई निर्देशनसमेत दिइसकेका छौं।’ मुलुकमा हदबन्दी बढी अर्थात् कुनै व्यक्ति या परिवारले कानुनी रूपमा राख्न पाउनेभन्दा बढी जग्गा कति होला?

मन्त्रालयले तयार पारेको विवरणअनुसार देशभर हदबन्दी बढी जग्गा ३८ हजार ३ सय १९ रोपनी अर्थात् २ हजार ८ सय ७८ बिघामात्र छ। हदबन्दीभन्दा बढी जग्गावाला परिवार छुट्टिएको, जग्गा बेचिसकेको, नापीको मोठमा जनिएको, तर दर्ता हुन बाँकीजस्ता विभिन्न खाले भएकाले कति परिवारको हदबन्दीभन्दा बढी जग्गा जफत हुन लागेको भन्नेबारे यकिन भन्न नसकिने जानकारी भूमिसुधार विभागले जनायो।

स्रोतका अनुसार सम्बन्धित व्यक्तिकै नाममा रहेको, अर्काको नाममा नामसारी लुकाएको, बिक्री गरिसकेको, नापीको मोठमा जनिएको, तर दर्ता हुन बाँकी रहेको गरी चार प्रकारका हदबन्दीभन्दा बढी जग्गाको विवरण तयार गरिएको छ।

गैरकानुनी रूपमा विभिन्न व्यक्तिका नाममा रहेको जग्गा सरकारको स्वामित्वमा ल्याउनका लागि मन्त्रालयले विवरण तयार पार्ने क्रममा हदबन्दीभन्दा बढी जग्गा उक्त परिमाणमा रहेको पत्ता लागेको हो। भूमिसम्बन्धी ऐन २०२१ मा २०७२ असोजमा १४ मा गरिएको संशोधनमा हदबन्दीभन्दा बढी जग्गा सरकारको स्वामित्वमा ल्याउने व्यवस्था गरिएको छ। मन्त्रालयले भूमिसम्बन्धी ऐनको संशोधित व्यवस्थाअनुसार त्यो जग्गा प्रक्रिया पुर्‍याई जफत गरेर सरकारको नाममा ल्याउन गत असार १९ मा नै भूमिसुधार तथा मालपोत कार्यालयहरूलाई निर्देशन दिइसकेको छ।

भूमिसम्बन्धी ऐनले गरेको हदबन्दीको व्यवस्थाअनुसार एक व्यक्ति या परिवारले काठमाडौं उपत्यकामा २५ रोपनी, पहाडमा ७० रोपनी, भित्री मधेस र तराईमा १० बिघामात्र जग्गा राख्न पाउँछन्। यसबाहेक घरबारीका लागि उपत्यका र पहाडमा ५ रोपनी तथा भित्री मधेस र तराईमा एक बिघा जग्गा थप राख्न पाइन्छ। त्योभन्दा बढी जग्गा कुनै पनि व्यक्ति या परिवारले राख्न पाउँदैनन्।

यसअघि हदबन्दीभन्दा बढी जग्गा सुकुम्बासी र मुक्त कमैयालाई बाँड्ने व्यवस्था थियो, तर सरकारको नाममा ल्याउने व्यवस्था थिएन। त्यही व्यवस्थाअनुसार ३८ जिल्लाको हदबन्दीभन्दा बढी जग्गा सरकारले सुकुम्बासी र मुक्त कमैयालाई वितरण गरिसकेको छ। बाँकी ३७ जिल्लामा मात्र व्यक्ति या परिवारसित हदबन्दीभन्दा बढी जग्गा छ। भूमिसम्बन्धी ऐन संशोधन भएपछि भूमिसुधार र मालपोत कार्यालयले हदबन्दीभन्दा बढी जग्गा खोजी अभियान थालेका हुन।

गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संशोधित भूमि ऐनबमोजिम हदबन्दीभन्दा बढी जग्गा तत्काल जफत गरी सरकारको स्वामित्वमा ल्याउन निर्देशन नै दिएको थियो। अख्तियारको ताकेतापछि भूमिसुधार मन्त्रालयले हदबन्दीभन्दा बढी जग्गा खोज्ने अभियानलाई तीव्रता दिएको स्रोतले बतायो।

सबभन्दा बढी मूल्य पर्ने उपत्यकाका तीन जिल्लामा मात्र हदबन्दीभन्दा बढी २८ सय ६४ रोपनी जग्गा भेटिएको छ। भूमिसुधार विभाग स्रोतका अनुसार हदबन्दीभन्दा बढी जग्गा काठमाडौंमा २३ सय २४, ललितपुरमा ४० र भक्तपुरमा ५ सय रोपनी छ। तराई र भित्री मधेसका २२ जिल्लामा हदबन्दीभन्दा बढी जग्गा २२ सय बिघा भेटिएको जानकारी विभाग स्रोतले दियो। हदबन्दीभन्दा बढी जग्गा झापामा ३ सय ८२, रूपन्देहीमा २ सय ८८, मोरङमा २ सय ३९, सप्तरीमा १ सय ३३, नवलपरासीमा १ सय ३०, कपिलवस्तुमा १ सय ७३, दाङमा १ सय ३१, बाँकेमा १ सय ५०, बर्दियामा २ सय ५३, सुनसरीमा ४८, सिरहामा ७६, रौतहटमा ८०, पर्सामा ११ बिघा, बारामा ३१, भित्री मधेसका उदयपुर र सिन्धुलीमा एक/एक बिघा छ।

तराईको सर्लाहीमा मधेस आन्दोलनका क्रममा भएको आगलागीले मालपोत र नापीका सम्पूर्ण कागजात नष्ट भएकाले त्यो जिल्लाको विवरण भूमिसुधार मन्त्रालयले तयार पार्न सकेको छैन। चितवन, कैलाली, महोत्तरी र कञ्चनपुरमा भने पहिला नै हदबन्दीभन्दा बढी जग्गा सरकारले सुकुम्बासीलाई बाँडिसकेको जनाइएको छ।

पहाडी र हिमाली जिल्लामा हदबन्दीभन्दा बढी जग्गा ९ हजार ३७ रोपनीमात्र छ। हदबन्दीभन्दा बढी जग्गा भेटिएका पहाडी जिल्ला रामेछापमा २ हजार ४ सय ४५, इलाममा २ हजार १ सय ५६, पाँचथरमा २ सय ७, नुवाकोटमा १ सय १०, सुर्खेतमा २ सय ७३ बिघा छ। मोरङको पहाडी भेगमा १ सय ४१ र भित्री मधेसको सिन्धुली जिल्लाको पहाडी भेगमा १ सय ३९ रोपनी छ। बाँकी पहाडी जिल्लामा हदबन्दीभन्दा बढी जग्गा नगण्य मात्र रहेको छ।


प्रकाशित: श्रावण १८, २०७३




Monday, 1 August 2016

मधुगंगा महादेव मन्दिरमा दर्शन गर्न जानेहरुलाई समस्या तर भक्तजनले मागेको सत पर्तिसत पुरा जानै पर्ने ठाउँ

मधुगंगा महादेव मन्दिरमा दर्शन गर्न जानेहरुलाई समस्या

 
सिन्धुली,१७ श्रावण –  साउन महिनाको तेश्रो सोमबार पनि सिन्धुलीका बिभिन्न शिबालय मन्दिरहरुमा भगवान शिवको पूजा आराधना गर्नेहरुको भिड लागेको छ । सिन्धुलीको हत्पतेमा रहेको मधुगंगा महादेब मन्दिर, कमलामाई नगरपालिका ९ च्याउकोटमा रहेको शिद्धबाबा मन्दिर लगायत जिल्लाका बिभिन्न शिब मन्दिरहरुमा बिशेषगरी साउनको सोमबार दर्शनार्थाीहरुको भिड लाग्ने गर्दछ ।


फाइलफोटो

यी शिब मन्दिरहरुमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । आफ्नो मनोकांक्षा पुरा हुने बिश्बासका साथ जिल्लाका बिभिन्न स्थान सहित छिमेकी जिल्लाहरु धनुषा, महोत्तरी, सर्लाही सहित छिमेकी देश भारतबाट समेत दर्शन गर्ने दर्शनार्थीहरु आउने गरेको स्थानीय बताउछन ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता पनि छ । यही मान्यताका आभारमा ब्रत नबस्नेहरु पनि साउन महिनाको सोमबार शिवको मन्दिरमा शुद्ध जल चढाइ दर्शन गर्न जाने गर्छन । साउन महिनाको सोमबार शिबको प्रिय दिनको रुपमा पनि मानिन्छ । त्यसैले साउन महिनाभर साउनको हरेक सोमबार श्रद्धालुहरु रातो, हरियो र पहेंलो बस्त्र धारण गरी शिबको पुजा आरधाना गर्ने गर्दछन ।

महिलाहरु भने साउन महिनाभर रातो, हरियो र पहेंलो बस्त्र धारणका साथै हरियो, पहेलो, रातो चुरा पोते तथा मेहेन्दी  लगाएर शिवको पूजा गर्दछन् । यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेका छन् । पाचवटा सोमबार परेको साउन महिना थप शुभ र पवित्र मानिन्छ ।

यसैबिच सिन्धुलीको हत्पते जानेबाटोमा पर्ने कमला नदीमा पुल नबन्दा स्थानीयसंगै मधुगंगा महादेव मन्दिरमा दर्शन गर्न जानेहरुलाई समस्या पर्ने गरेको छ । हरेक बर्ष साउन महिना भर प्रत्येक सोमबार लाग्ने मेला हेर्न र मधुगंगा महादेव मन्दिरमा दर्शन गर्न हजारौ दशार्नी जाने गर्दछन । तर कमला नदी तर्न नसक्दा कति तिर्थयात्री बीच बाटोमै अलपत्र पर्ने गरेका छन भने कतिपय आफ्नो ज्यान जोखिममै राखेर पनि कमला नदि तरेर दर्शन गन जाने गरेको हाम्रा स्थानिय हरी गाउलेले जानकारी दिए ।

गत सोमबार पनि वर्षाका कारण कमला नदी तर्न नसक्दा सयौको संख्यामा तिर्थयात्री रानीवासको गाागनमा अलपत्र परेर बसेका थिए । कमला नदि तर्ने क्र्रमम कतिपय दर्शन गर्न जाने तिर्थालुको कमला नदिले बगाएर ज्यान पनि जाने गरेको छ ।

अहिले समको विश्वको सबै भन्दा खतरनाक डान्स भिडियो नेपाली ग्रुप्पले डान्स + मा देखाए नेपालीको शान

वा.....डान्स प्लसको आजको एपिसोडमा नेपालको ग्रुप वाईल्ड रिपर्ज क्रु को Amazing डान्सले सबै नेपालीहरूको शिर ठाडो बनाएको छ - स्पेसल गेस्ट बलिवुड एक्टर टाइगर श्रफ र मेन जज रेमो डिसुजाले दिए स्ट्याण्डीङ अवेसन् >>> {भिडियो}