यहाँ थिच्नुहोस

Monday, 22 August 2016

फिलिपिनो नागरिक जोयालाई न्यायको लागि प्रवासी नेपाली मंच इजरायलको ध्यानाकर्षण- राजदुतावासमा पत्र

इजरायल ५ भदौ | चितवन रत्नगर निवासी जीवन थापाले फिलिपिनो नागरिक जोयालिन ग्रेस तेलेरोमा माइजोरेस (जोया) संग प्रेम विवाह गरी २ वटा बच्चा जन्माए पश्चात मेरो श्रीमती र छोराहरु होइनन् भनेर अनेक यातना दिए पछि चितवनमा रहेको एउटा संस्था आदर्श गृहको पहलमा फिलिपिन्स राजदुताबासले नेपाल सरकारलाई ७ लाख जरिवाना बुझाएर मिती १५ /८ /२०१६ मा जोयालाई फिलिपिन्स फर्काएको समाचार सामाजिक संजालमा आए पछि इजरायलमा रहेको प्रबासी नेपाली मंच इजरायलको गम्भीर ध्यानाकर्षण भएको खबर प्राप्त भएकोछ | प्रवासी नेपाली मन्च इजरायलका अध्यक्ष तिर्थ गौतम, सचीब लक्ष्मी अनुरागी, महीला बिभाग प्रमुख सुमित्रा आचार्य (भण्डारी) सहीतको टोलीले नेपाली आज राजदुताबास इजरायलका कार्यवाहक महामहिम राजदुत मार्फत नेपाल सरकारलाई पिडित पक्षलाई न्याय दिलाईयोस भन्ने हेतुले एक ध्यानाकर्षण भएको पत्र बुझाएको छ | ध्यानाकर्षण पत्र यस्तो रहेको छ | श्री महामहिम राजदुत ज्यू नेपाली राजदुताबास तेल-अभिभ इजरायल मार्फत, नेपाल सरकार बिषय :- पिडित पक्षलाई न्याय दिलाईयोस भन्ने ध्यानाकर्षण बारे | महोदय, उपरोक्त सम्बन्धमा चितवन रत्नगर निबासी पीडक जीवन थापाले फिलिपिनो नागरिक जोयालिन ग्रेस तेलेरोमा माइजोरेस ( जोया ) संग प्रेम विवाह गरी २ वटा बच्चा जन्माए पश्चात मेरो श्रीमती र छोराहरु होइनन् भनेर अनेक यातना दिए पछि चितवनकै एउटा संस्था आदर्श गृहको पहलमा फिलिपिन्स राजदुताबासले नेपाल सरकारलाई ७ लाख जरिवाना बुझाएर मिती १५ /८ /२०१६ मा जोयालाई फिलिपिन्स फर्काएको समाचार सामाजिक संजालमा भाइरल बनेपछि देश तथा विदेशमा रहेका जिम्मेवार नेपाली नागरिकहरु सहित प्रबासी नेपाली मंच इजरायलको गम्भीर ध्यानाकर्षण भएकोछ | १- जोया नाम गरेकी फिलिपिनो नागरिक जसले पांच वर्ष अगाडि नेपाली नागरिक जीवन थापासंग प्रेम विवाबह गरी दुई वटा बच्चा जन्माइसके पश्चात पीडक उपर आवश्यक छानबिन गरेर कारबाही नगरी उल्टो पिडितलाई न्याय दिलाउनको बदला किन उनकै देश फर्काइयो ? २- यस्तो खालको गम्भीर मुद्दामा कानुनी मूल्य र मान्यता संगै धार्मिक,सामाजिक मूल्य र मान्यता अनि आस्थाका कुराहरु पनि छन् | यी सबै कुराहरुलाई ओझेल पारेर गरिएको यस्तो निर्णयले विश्व समुदाय र नेपाली समाजमा कस्तो नजिर स्थापना गर्न खोजिएको हो ? ३- एक विदेसी महिलालाई आफ्नो देसको नागरिकले बिबाह गरेर बिना कसुर यातना दिनु अत्यन्त लज्जास्पद कुरा हो | के यस्तो अबस्थामा बिदेसी महिलासंग विवाह गर्न पाउने कानुनी धारा वा उपधाराले सहयोग गर्न सक्दैन ? ४- आफ्नै देशको नागरिक पीडक जीवन थापा जसले बिदेसी नागरिक जोयालाई यति धेरै अत्याचार गरे बापत निज उपर कानुनी कारबाही गर्नको बदला उल्टो पिडित बाटै रकम असुल किन गरियो ? ५- यो घटना जब बाहिर आयो त्यस पश्चात मानब अधिकार कर्मीहरु र महिला आयोग बाट किन खोज तलास हुन सकेन ? ६- नेपालको संबैधानिक कानुनका धारा , उपधारा अनुसार जन्म सिद्द र बंसजको आधारमा नागरिक मानिने र नागरिकता प्रदान गरिने कानुनी मान्यता हुँदाहुँदै पनि चिकित्सा बिज्ञान बाट प्रमाण जुटाएर न्याय दिलाउनको बदला किन नेपाली बच्चाहरुलाई मावली देश पठाइयो ? के हामी नेपालीमा कानुनी आधारको आडमा मानबिय सम्बेदनशिलता हराएकै होत ? ७:- ती अबोध बालकले के जन्म सिद्द अधिकार पाउदैनन त ? महामयिम ज्यू यो बिषयमा निकै गम्भीर प्रश्न उठिरहेकोछ | त्यसैले नेपाल र नेपालीको इज्जतको लागी पिडित जोयालाई स-सम्मान फिर्ता बोलाइयोस र पीडक जीवन थापा उपर आवस्यक छानबिन गरी कानुनी कारबाहीका लागि अपिल गर्दछौं | अध्यक्ष प्रबासी नेपाली मंच इजरायल

No comments:

Post a Comment