यहाँ थिच्नुहोस

Saturday, 13 August 2016

प्रवासी नेपाली मञ्च इजरायलको पहिलो अधिवेशन सम्पन्न तीर्थ गौतमको अध्यक्ष्यतामा कार्यसमिति चयन

इजरायल, २९ साउन । प्रवासी नेपाली मञ्च, इजरायलको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले १० पृष्ठको विधान सर्वसम्मतिले पारित गर्दै तीर्थ गौतम (सिन्धुली) को अध्यक्ष्यतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । इजरयालस्थित नेपाली राजदुतावासकी द्धितिय सचिव रोसनी खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए इजरायलका अध्यक्ष दीपक ओली , नमस्ते नेपाल हातेमालो अभियानका अधयक्ष रामशरण बाँनिया नयाँ शक्ति इजरायलका सचिव तेज श्रेष्ठ लगयात विभिन्न संघसंस्थाका प्रबुद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो । महाधिवेशनबाट चयन भएको अध्यक्ष गौतमको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष जय ओडारी, उपाध्यक्षमा क्रमश ः कृष्ण रायमाझी, राजु ढकाल, कमला राई चयन भएका छन् । त्यसैगरी महासचिवमा सोमप्रसाद चांैलागाई, सचिवमा लक्ष्मी अनुरागी चयन भएका छन् भने कोषाध्यक्षमा लक्ष्मीधर गौतम र सह–कोषाध्यक्षमा अनु तिम्लसिना रहेका छन् । महाधिवेसनले महिला विभाग प्रमुखमा सुमित्रा आचार्य भण्डारी र सांस्कृतिक विभागमा धर्म भण्डारीलाई चयन गरेको छ । नयाँ कार्यसमितिका सदस्यहरुमा बुद्धि पौडेल, अनु थापा केसी, विष्णु सापकोटा, हरि उप्रेती, दुर्गा विसी, पुष्प कार्की, पायल कटुवाल, रमेश रिजाल , नमराज भट्ट, मीना चुँडाल, इन्दिरा केसी, बिमला नेपाली, शान्ति राई, खडग कार्की, मेनुका पनेरु, दुर्गा केसी र माला योन्जन छन् । कार्यसमितिले ३ सदस्य मनोनित गर्ने छ । मञ्च इजरायलमा रहेका नेकपा (एमाले) सम्बद्व बुद्धिजीवी, साहित्यकार, कलाकार, व्यवसायी, बिद्यार्थी, पत्रकार तथा विभिन्न सामाजिक तथा धार्मिक संघसंस्था सँग आवद्व नेपालीहरुको साझा संगठन हो । ‘जनताको बहुदलीय जनबादको मार्गदर्शनमा समृद्ध नेपालको निर्माण गरौं भन्ने’ मूल नाराका साथ शुक्रवार सम्पन्न अधिवेशनबाट ३१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । संघ ‘राष्ट्रिय एकता आजको आवश्यकता, अनेकता मा एकता प्रवासी नेपालीहरुको प्रतीद्वता’ भन्ने मूल नाराका साथ १३ मेमा भेला सम्पन्न गरी गठन भएको थियो । अधिवेशनपछि लाइटनेपालसँग प्रतिक्रिया दिदैं नवनिर्वाचित अध्यक्ष गौतमले संस्थाले राजनीतिक आस्था र विचारलाई निरन्तरता दिदैं राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता तथा विश्वब्यापी मानवअधिकारको रक्षा गर्दै नेपाली समाजको पहिचान सुख दुख समस्या हकअधिकार लाई आवाजमा बुलन्धद गर्ने बताए । ‘‘जनताको बहुदलीय जनबाद लाई आदर्श मान्ने इजरायलमा कार्यरत नेपालीहरुको सक्रियतामा प्रवासी नेपाली मञ्च गठन गरीएको हो र इजरायलबासी प्रवासी नेपाली हरुलार्इ एक ठाउँमा गोलबन्द बनाउने उद्वेश्य रहेको छ,’ अध्यक्ष गौतमले भने । संस्थाले इजरायल मा रहेका नेपालीहरुको भलाईका लागी आवाज उठाउने, श्रमिकहरुको हकहितको रक्षागर्दै उनिहरुमाथी हुने अन्याय, अत्याचार तथा थिचोमिचोका विरुद्ध आवाज वुलन्द गर्ने र नेपालीहरुमाथि आईपर्ने विभिन्न खालका समस्या समाधानमा पहलकदमी लिने पनि अध्यक्ष गौतमले बताए । पहलिो अधिवेशनबाटै संस्थाले गुल्मीका भूकम्पपीडितलाई २० हजार रुपैयाँ सहयोग गर्ने र नेकपा एमाले केन्द्रीय कार्यालयको सहयोग कोषमा २५ हजार रुपैयाँ सहयोग गर्ने पनि निर्णय गरेको ।

No comments:

Post a Comment