प्रधानमन्त्री ओलीले प्रचण्डलाई के सन्दर्भमा भेट्न खोज्नुभएको भन्दै प्रश्न गरेपछि…
साउन १५
काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
Prachanda-Oli
भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई के सन्दर्भमा भेट्न खोज्नुभएको हो भनी प्रश्न गरेपछि अध्यक्ष प्रचण्डले राष्ट्रपतिबाट सहमतिको सरकार गठन गर्न दिएको समयका बारेमा बताएका थिए ।
त्यसपछि प्रधानमन्त्रीले प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकारकाबारेमा तपाईको दल र तपाईसँग सहकार्य गर्न खोज्ने नेपाली कांग्रेसको धारणा के हो भनी प्रश्न गरेका थिए ।
प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने अवस्था रहेपनि आफूले धर्म निर्वाह गर्न वार्तामा आएको बताएका थिए ।
भेटवार्तामा प्रचण्डले अब बन्ने सरकारले वर्तमान सरकारले चीन सरकारसँग गरेका सम्झौताहरुको कार्यान्वयन गर्नुका साथै राष्ट्रिय हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीले यदि अब बन्ने सरकारले राष्ट्रिय हितमा काम गरे, काठमाण्डौं– तराई जोड्ने द्रत्तमार्ग र चीनसँग भएका सहमति र सम्झौता लगायतका राष्ट्रिय हितका काम कार्वाही अगाडि बढाएमा आफु र आफ्नो पार्टीले सहयोग गर्ने तर अबको सरकारको काम कार्वाही र व्यबहार हेर्ने बताएका थिए ।
प्रधानमन्त्रीले नेपाली कांग्रेस, माओबादी केन्द्र र मधेसी मोर्चाले छलफल गरी स्थानीय निकायको निर्वाचन चैतमा गर्ने सहमति गरेर आफू र आफ्नो पार्टीलाई निर्णय सुनाउन आउने अनि सहमतिको कुरा गर्ने भनी प्रश्न गरेका थिए ।
भेटवार्तामा प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री भीम रावल, नेकपमा एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङ, नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रमुख सचेतक भानुभक्त ढकाल र नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

No comments:
Post a Comment