यहाँ थिच्नुहोस

Thursday, 28 July 2016

धनकुटाको चितुवामा यात्रुबस दुर्घट्ना, मन्त्री सहित सातको मृत्यु

धनकुटाको चितुवामा यात्रुबस दुर्घट्ना, पूर्वराज्य मन्त्री सहित सातको मृत्यु

धनकुटाको चितुवामा भएको यात्रुबस दुर्घट्नामा पूर्वराज्यमन्त्री हरिराज खेवा सहित सात यात्रुको मृत्यु भएको छ ।
संखुवासभाबाट धरान जाँदै गरेको बा. २ ख. ७३६६ नम्वरको यात्रुबस धनकुटाको चितुवामा दुर्घट्ना भएको हो । मृत्यु हुनेमा ३ जना पुरुष ,३ महिला र १ बालक रहेका छन् । दुर्घट्नामा परी २२ जना घाइते भएका छन् । गाडी करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ भने घाइतेको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनकुटा जिल्ला अस्पतालमा भइरहेको छ ।

No comments:

Post a Comment