यहाँ थिच्नुहोस

Sunday, 31 July 2016

काग्रेसको तिन नेताको नाम दिल्लीबाट आयो आगामी मन्त्रिपरिषद् जसरिपनि समाबेस गर्नु पर्ने

सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गर्न तीन नेताको प्रबल दाबेदारी (को कति उपयुक्त ?)
   

 ओली सरकारको बहिर्गमनपछि बन्न लागेको प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट कसले नेतृत्व गरेर जाला ? हाल कांग्रेस वृत्त र समग्र राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेको छ ।

सभापतिमा देउवा निर्वाचित भएसंगै एकातिर उनलाई आफ्नै पुराना सहयोगीहरूका अपेक्षा पुरा गर्ने बाध्यता छ भने अर्कोतिर निर्वाचनका बेला अर्को क्याम्पबाट उनको पक्षमा आइ निर्वाचित हुन सघाउनेहरुसँग गरेका प्रतिबद्धता पुरा गर्नुपर्ने तथा गुन तिर्नुपर्ने बेला आएको छ ।

तेसो त पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने जिम्मा पनि उनकै काँधमा छ । राष्ट्रका सामु रहेका संविधान कार्यान्यन, प्राकृतिक प्रकोप पीडितका समस्या, अन्तर्राष्ट्रिय सम्बन्धको रणनैतिक सन्तुलनक साथै २१ औं शताव्दीका नेपालीका विकासका अपेक्षाहरु पुरा गर्न आगामी सरकारले धेरै कष्ट गर्नुपर्ने छ । त्यसको लागि देशलाई नै एकढिक्का बनाएर जनताका सम्वृद्धिका सपनाहरु सकार पार्नेतर्फ महत्वपूर्ण कार्यहरु निसन्देह गर्नु नै पर्ने हुन्छ ।

कांग्रेस भित्रका हालका जोडघटाउहरु र रस्साकस्सीहरु हेर्दा अर्जुन नरसिंह केसी बिमलेन्द्र निधि, कृष्ण सिटौलालगायतका नामहरु सरकारमा कांग्रेसको नेतृत्व गर्ने सम्भाव्य नामहरु व्यापक रुपमा चर्चामा रहेका छन् । बिमलेन्द्र निधि क्षेत्रियता, पार्टीमा त्याग, देउवासँगको निकटता तथा हालको सत्ता समीकरण निर्माणमा खेलेको भूमिकाको आधारमा चर्चामा रहेका छन् भने सिटौलाले शान्ति प्रक्रियामा खेलेको भूमिका, माओवादीसँगको लामो अनुभव र महाधिवेशनमा देउवालाई पुर्याएको सहयोगको हिसाबमा चर्चामा रहेका छन् ।

तथापी बौद्धिक क्षमता, विगत लामो समयदेखि कुनै लाभको पद बिना राजनीतिमा निरन्तर सक्रियता, त्याग र कुटनैतिक चातुर्यको आधारमा अर्जुन नरसिंह केसीले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जानुपर्ने आवाज आम कांग्रेस कार्यकर्ताहरुमा रहेको पाइन्छ ।
एकातिर माओवादी नेतृत्वको सरकारमा देखिन सक्ने विविध जटिलताहरुको साहसिक र बौद्धिक रुपमा निकाल्नुपर्ने चुनौती छ भने अर्कोतिर ओली सरकारले गरेको सपनाको उधारो ब्यापारको सन्दर्भमा जनापेक्षाको सम्बोधन गर्नुपर्ने बाध्यता छ ।

यो अवस्थामा नेता केसीको नेतृत्व सबल हुनसक्ने बुझाइ आम कांग्रेसजनमा छ । केसीको परिपक्वता र सुझबुझ एवं चुनौतीहरुसँग जुध्नसक्ने जुझारुपन उनले द्वन्द्वकालमा कांग्रेस कार्यकर्ताहरुको संरक्षणमा देखाएको सक्रियताले उजागर गरेका छन् ।

यसको बाबजुत पार्टीको केन्द्रीय राजनीतिमा निरन्तर सक्रिय विगत अठार बर्षदेखि कुनै मन्त्रालयको जिम्मेवारी नसम्हालेका केसी उनको व्यक्तित्वको उचाई, क्षमता र त्यागको आधारमा उपप्रधानमन्त्रीको स्वाभाविक दाबेदार बनेका छन् ।


No comments:

Post a Comment