यहाँ थिच्नुहोस

Thursday, 28 July 2016

एयर होस्टेसले बिर्को खोलेको बियर ल्याउँदा......भएको बिबादमा एयर होस्टेस घाइते प्यासेन्जर जेलमा

एयर होस्टेसले बिर्को खोलेको बियर ल्याउँदा......
 

श्रावण १३, २०७३- दिल्लीबाट काठमाडौंकालागि उडेको नेपाल वायु सेवा निगमको विमानमा एउटा बिर्को खोलिएको बियरको विषयमा भएको बादविवादले एक जना यात्रुलाई प्रहरी हिरासतमा पुर्‍याइदिएको छ ।

उच्च स्रोतका अनुसार, जहाज नेपालको सिमानामा प्रवेश गरिसकेको थियो । भारतीय नागरिक बिनय मिश्रले तेस्रोपटक मदिरा मागे । परिचारिका निलिमा शाहीले बिर्को खुला गरिएको वियर बोकेर मिश्रको सिटमा पुगिन ।

ढक्कन खुला भएको क्यान बियर देखेपछि लखनऊ निवासी मिश्रले 'अर्कोको जुठो बियर दिने' भन्दै आपत्ती जनाए । यो विषयमा उनीहरुबीच केहीबेर बादविवाद चल्यो । आवेशमा देखीएका मिश्रले 'यस्तो बियर खान्न भन्दै हातले पन्छ्याउदा वियर परिचारिका शाहीको शरिरमा पोखियो । यही विषयलाई लिई शाहीले जहाज उडाइरहेका चालकदललाई ककपिटमा जानकारी गराइन ।

ककपिटमा जहाज उडाउनेमा थिए वरिष्ठ क्याप्टेन वाईके भट्टराई र एनबी विश्वकर्मा । चालकदलले परिचारिकालाई र्दुव्यवहार र हातपात गरेको विषय एयर ट्राफिक मार्फत काठमाडौंस्थित त्रिभुवन नागरिक उडड्यन प्राधिकरणलाई गरायो । बुधबार बेलुकी साढे नौ बजे काठमाडौंमा अवतरण गरेको निगमको उक्त बोइङ्गबाट यात्रु मिश्रलाई प्रहरीले गिराफ्तार गर्‍यो ।

लखनऊमा एक्सेल करियर एकेडेमी नामको शैशिक संस्था चलाइरहेका मिश्र हाल गौंशालास्थित प्रहरी वृत्तको हिरासतमा छन् । वृत्तको मुद्दा शाखाका अनुसार, उनलाई सार्वजनिक अपराधको अभियोगमा राखिएको छ । बिहीबार काठमाडौं प्रशासनले छानविनकालागि तीन दिनको म्याद पनि दिइसकेको प्रहरी निरीक्षक पृथ्वी ओलीले बताए ।

प्रहरीले यो घटनाबारे लैनचोरस्थित भारतीय दुतावासलाई पनि लिखित जानकारी गराउने छ । हिरासतमा रहेका यात्रु मिश्रले आफुले परिचारिका शाहीलाई हातपात नगरेको खुल्ला वियर नपिउने भन्दै असहमति जनाउँदा हात लागेर वियर पोखिएको जिकिर गरेका छन् ।

उता परिचारिका शाहीले आफूलाई सार्वजनिक स्थानमा दुव्र्यवहार गरी हातपात गरेको लिखित जाहेरी दिएकी छन् । प्रहरीका अनुसार, यो मुद्दाको छिनोफानो काठमाडौं प्रशासनले लगाउने छ ।

परिचारिकाले जाहेरीमा लेखेको आरोप प्रमाणित भए मिश्रले केही दिन हिरासतमा बस्नुपर्छ भने परिचारिकाले दाबी गरेको क्षतीपूर्ती भर्नुपर्छ । अन्य मुलुकमा विमानमा उडान सुरक्षालाई असर पर्ने गतिविधि गरेमा कडा कानुनी प्रावधान छन् ।

यस्तो कानुन हुनेमा हङकङ पनि एउटा मुलुक हो । यदी कुनै यात्रुले जहाजमा चुरोट सेवन गर्‍यो वा मदिरा खाई कसैलाई अपमान वा हातपात गरे त्यहाँ कडा सजाय छ । यदी यस्तो क्रियाकलाप गर्ने यात्रुबारे सम्वन्धित एयरलाइन्सले जानकारी लुकाए त्यस्तो विमानको चालकको उडान अनुमतिपत्र नै खारेज गरिदिन्छ । नेपाली आकासभित्र उडिरहेको विमानमा हुने अपराधिक गतिविधिबारे यहाँ कडा कानुन छैन । त्यसैले प्रहरीले मिश्रलाई सार्वजनिक अपराधको मुद्दामा हिरासतमा राखेको छ । निगमको विमानमा यस्तो गतिविधि भएपछि चालकहरुले निगम व्यवस्थापनलाई यस्ता अपराधबारे कानुन बनाउनकालागि पुनः विहीबार सचेत गराएको एक वरिष्ठ पाइलटले बताए ।


प्रकाशित: श्रावण १३, २०७३



No comments:

Post a Comment