सिन्धुलीमा पहिरोले पुर्दा एकजना मृत्यू दुइजना घाइते
सिन्धुली,१० श्रावण – सिन्धुलीमा पहिरोले पुर्दा एकजना मृत्यू छ भने दुइजना घाइते भएका छन्, । कमलामाई नगरपालीका १० करकरे स्थित कमलापुलमा आएको पहिरोले स्थानीय मोतीलाल श्रेष्ठको पसल बगाउदा उनकै श्रीमती बिन्दा कुमारी श्रेष्ठ मृत्यू भएको र स्थानीय बिष्णु प्रसाद.कोईराला र रूपमनी मगर घाईते भएका थिए ।
घाईतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुई जनालाई काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम कुमार सारू मगरले जानकारी दिए । घाइेते मध्ये विष्णु प्रसाद काईरालालाई जोरपाटीमा रहेको अर्थोपेडिक्स र रुपमनी मगरलाई विएण्ड विमा पठाईएको छ ।
गम्भिर घाईते मध्ये बिन्दा कुमारी श्रेष्ठको अवस्था चिन्ताजनक रहेकाले हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भै रहेको अवस्थामा मृत्यू भएको उनले जानकारी दिए ।
यसैविच पहिरो जादाँ अवरुद्ध भएको विपि राजमार्ग अन्तरगत सिन्धुली बर्दिबास सडक खण्ड जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय भिमानको प्रहरी टोलीले राजमार्ग खुलाएको छ । विहानै देखी अवरुद्ध राजमार्ग दिउसोमात्र खुलाईएको प्रहरीले जनाएको छ । सिन्धुलीका धेरै स्थानमा तीन दिन देखी निरन्तर बर्षात भै रहेको छ ।

No comments:
Post a Comment