नाच्छ सिन्धुली २०७३ को पहिलो चरण सम्पन्न
सिन्धुली,१५ श्रावण – नाच्छ सिन्धुली २०७३ को पहिलो चरण शुक्रवार सम्पन्न भएको छ । प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट ४० जनालाई छनोट गर्दै पहिलो चरण सम्पन्न भएको हो ।
बुधबारबाट सुरु भएको प्रतियोगिताको पहिलो चरण तिन दिनमा शुक्रवार समपन्न भएको हो ।
सिन्धुलीमा नृत्य प्रतिभाको उजागर र बिकाश गर्ने उदेश्यले सञ्चालन गरिएको प्रतियोगिताको दोश्रो चरण आउदो शुक्रबार र शनिबार हुने आयोजक राज पाख्रिनले जानकारी दिए । आउदो शुक्रबार र शनिबार पहिलो चरण पारगर्दै उत्कृष्ट ४० मा पर्न सफल सहभागीहरुबिच प्रतिस्पर्धा हुने उनले बताए ।
भिभिड ईभेन्ट्सको आयोजनामा भएको प्रतियोगिताले कलाकारितामा रुचि राख्ने र कलाकारितामै आफ्नो भविष्य खोजीरहेका व्यक्तिहरुले अवसर पाएको आयोजक मध्येका एक र्यापर प्रिन्सराजको भनाइछ ।

No comments:
Post a Comment