यहाँ थिच्नुहोस

Monday, 25 July 2016

प्रचण्डलाई भारतको पहिलो पूर्वशर्त ‘फाष्ट ट्र्याक हिन्दुस्तानलाई’, अरु के–के छन शर्त ?

प्रचण्डलाई भारतको पहिलो पूर्वशर्त ‘फाष्ट ट्र्याक हिन्दुस्तानलाई’, अरु के–के छन शर्त ?
काठमाडौँ, १० साउन
   
वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने बताउँदै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट एक्कासी हात झिके र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको कसरत थाले । प्रचण्डको पछिल्लो कदमलाई धेरैले आश्चर्यजनक रुपमा लिए भने नेपाली कांग्रेसले पूर्ण साथ दियो ।

भारतको इसारामा प्रचण्डले गठबन्धन परिवर्तन गरेको आरोप लागिरहेको बेला नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सुदले नेपालमा अब बन्ने नयाँ सरकारले काठमाडौँ—निजगढ जोड्ने राजमार्ग (फास्ट ट्रयाक) लगायत विगतमा भारतीय कम्पनीले लगानी गर्न चासो देखाएका परियोजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

भारतीय दैनिक ‘दि हिन्दू'मा मंगलबार प्रकाशित ‘गेम अफ थ्रोन्स इन काठमाडौँ' नामक लेखमा  सुदले ७५ करोडको अनुमानित लागतमा काठमाडौँ—निजगढ फास्ट ट्रयाक भारतीय परामर्शदाता कम्पनीलाई दिने निर्णयलाई उल्ट्याएको भन्दै ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् ।   भारतले अन्य कुन कुन शर्त राखेको छ भन्ने पनि यतिबेला चर्चा छ ।

आइतवार संसदलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले काठमाडौं तराई फाष्ट ट्रयाक लगायत राष्ट्रिय गौरवका आयोजनाको भविष्य के हुन्छ भनी प्रश्न गरेका थिए । ‘म सोध्न चाहन्छु, स्वदेशी लगानीमा फाष्ट ट्रयाक बनाउने काम के हुन्छ, सामाजिक सुरक्षाको काम के हुन्छ ?  शैक्षिक प्रमाणपत्र राखेर युवालाई धितो दिने कुरा के हुन्छ ?’ प्रधानमन्त्री ओलीले भने, ‘प्रश्न धेरै छन्, सरकारमा जाने केका लागि ?’

8217 पटक पढीएको
प्रतिकृया दिनुहोस

No comments:

Post a Comment