सितलपाटीमा आगामी सोमवार बाट अनुदान सम्झौता हुने
सिन्धुली, १३ श्रावण –सितलपाटी गाउँ विकास समितिमा बिहिवार भएको सर्वदलीय, सर्वपक्षिय बैठकले आगामी सोमवार देखी अनुदान सम्झौता गर्ने निर्णय गरेकोछ । अनुदान सम्झौतागर्न स्थानीय राजनैतिक दल, वडा नगरिकमञ्च, स्थानीय लगाएतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहिवारनै बास्ताविक भुकम्प पिडितले आफुहरु भुकम्प पिडित भएपनि लाभग्राहीको सुचिबाट हटाईएको भन्दै तत्काल अनुदान सम्झौता नगर्न चेतावनी दिएका थिए । उनीहरुले छुटेकाहरुलाई पनि लाभग्राहीको लिष्टमा राख्नु पर्ने भन्दै गाविस सचिवलाई निवेदन बुझाएका पछि केहीवेर बैठक रोकीएको थियो ।
गाविस सचिव कल्याण घिसिङले गुनासो संकलन भै सकेको र छुटेकाले श्रावण महिना भित्रमा गुनासो कार्यालयमा बुझाउनु पर्ने र गुनासको संकलन गरेको हकमा भदौ मसान्त सम्ममा पुनर्निमार्ण प्राधिकरणले लिष्टमा समावेश गर्न सक्ने जनाएपछि स्थानीयले अनुदान सम्झौता गर्न दिने भएका हुन् ।
लाभग्राहीको सुँचिमा छुटेका भुकम्प पिडितको गुनासो संकलन गरिसकिएको र लाभग्राहीको सुँचिमा परेकाहरुको १७ गते देखी २२ गते सम्ममा ८ सय ८० लाभग्राहीहरुलाई सम्झौता गरि सकिने सितलपाटी गाउ विकास समितिले जनाएको छ ।
सोमवार भएको बैठकले १७ गते सोमबार वडा नं. ३ का ७० र वडा नं. १ का ४७ जना लाभग्राहीलाई सम्झौता गर्ने, १८ गते मंगलवार वडा नं. ५ का १ सय ३८, १९ गते बुधवार वडा नं. ४ १ सय ५१, २० गते विहिवार वडा नं ६ का १ सय ३, वडा नं. २ का ७१, २१ गते शुक्रबार वडा नं. ७ का ७४, वडा नं. ८ का ८९ र २२ गते शनिवार वडा नं. ९ का १ सय ३७ गरी ८ सय ८० जनासंग सम्झौता गरिने निर्णय भएको गाविस सचिव कल्याण घिसिङले बताए ।
बैठकले गाविस सचिवको संयोजक रहने गरी २१ सदस्य गाविस स्तरीय पुननिर्मार्ण समिति गठन गरिएको छ । समितिमा रेडक्रस, वडा नागरिक मञ्च, राजनैतिक दललाई समावेस गरिएको छ । पुनर्निमार्ण प्राधिकरणलाई सघाउन वडामा रहेको वडा नागरिक मञ्चका संयोजक, संयोजक रहने गरी वडा स्तरीय वडा स्तरीय पुनर्निमार्ण समिति गठन गरिने भएको छ ।
सोमबार बाट हुने अनुदान सम्झौतालाई प्रभावकारी बनाउन वडा स्तरीय नागरिक मञ्चका संयोजकहरुलाई बैठकले आग्रह गरेको छ । ९ वटै वडाका संयोजकहरुलाई सम्झौता हुने मिति समय र आवश्यक पर्ने कागजातका सवालमा पनि स्थानीय नागरिकलाई जानकारी गराउन पनि बैठकले आग्रह गरेको छ ।
लाभग्राहीहरुलाई अनुदान सम्झौता गर्न आउदा लाभग्राहीको नागरिकताको प्रतिलिपि, २ प्रति पासपोर्ट साईजको फोटो, निस्साको प्रतिलिपि, जग्गा धनी लालपुर्जाको प्रतिलिपि लिएर आउनु पर्ने भन्दै गाविस सचिब कल्याण घिसिङले सवै लाभग्राहीलाई जानकारी गराउन उपस्थित सवैलाई आग्रह गरे ।
यसैबिच सितलपाटी गाउँ विकास समितिमा नेपाल रेडक्रस सोसाईटीको भुकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत अनुदान रकम वितरण गर्ने भएको छ । लाभग्राहीले अनुदान सम्झौता पछि झागाँझोली रातमाटामा रहेको बाणिज्य बैंकको शाखामा खाता खोल्नु पर्ने भएको छ । भुकम्प प्रतिकार्य कार्यक्रमका जिल्ला संयोजक भरतकुमार श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले सितलपाटी गाउ विकास समितिमा नेपाल सरकारले दिने अनुदान बाट बन्ने घरहरुलाई भुकम्प प्रतिरोधी बनाउन १ सय ४९ जना डकर्मी तयारी अवस्थामा राखेको जानकारी दिए । रेडक्रसले सितलपाटी गाउँ विकास समितिमा आवास निमार्णसंगै आय आर्जन, खानेपानी, स्वास्थ्य र सरसफाई सम्बन्धि कार्यक्रम गर्ने पनि जानकारी उनले दिए । साथै उनले अनुदान सम्झौतामा समस्यामा परेका पिडितहरुले निःशुल्क टेलिफोन नम्बर ११३० मा टेलिफोन गरी जानकारी लिन सकिने बताए

No comments:
Post a Comment